पोखरामा प्रहरीको हातहातमा देखियो प्लेकार्ड (फोटो फिचर)

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
IMG20200716105412

कोरोना भाइरस महामारी अझै हटिसकेको छ । सरकारले ११ चैतदेखि जारी राखेको लकडाउन खुकुलो बनाउँदै जाँदा संक्रमण जोखिम भने बढ्दो छ ।

कोभिड–१९ बाट बच्न विभिन्न खालका सचेतना कार्यक्रम जारी रहँदा प्रहरी प्रशासनबाटै सडकचोकमा सचेतनाका कार्यक्रम शुरु भएका छन् । कास्की प्रहरीले पोखरामा नौलो प्रयोग शुरु गरेको छ ।

जसअनुसार पोखराको व्यस्त चोकमा सचेतनामूलक प्लेकार्ड बोकेका प्रहरीहरु तपाईले अब एकसातासम्म बिहान र बेलुका देख्न सक्नुहुनेछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान १० देखि १२ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पोखराको मुख्यचोकहरु महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक, हलनचोक, मुस्ताङचोक, सभागृहचोक, हरिचोक, चिप्लेढुङ्गा, शहीदचोक, अम्मरसिंहचोमा कोभिड–१९ सम्बन्धित सांकेतिक प्लेकार्डहरु सहितको जनचेतनामूलक कार्यक्रम हुनेछ । सोको बिहीबार शुभारम्भ भयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने नाराका साथ सरसफाइमा विशेष ध्यान दिऔं, अनिवार्य रुपमा मास्क प्रयोग गरौं, सामाजिक दूरी कायम गरौं, अनावश्यक रुपमा भीडभाड नगरौं, भीडभाडमा नजाऔं, आवश्यकता अनुसार सेनिटाइजर प्रयोग गरौं, नियमित रुपमा साबुनपानीले हात धुने बानी बसालौं लगायत सचेतना दिइने गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width