राखेप सदस्यसचिव बन्न २७ जनाको उम्मेदवारी, कास्कीबाट २ जना

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
ministry

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २२ औँ सदस्यसचिवका लागि देशभरबाट २७ जनाले आवेदन दिएका छन् । तीमध्ये कास्कीबाट २ जनाको उम्मेदवारी परेको छ । राखेपको इतिहासमा सदस्यसचिवका लागि पहिलोपटक आवेदन मागिएको हो।

एक साताको समयसीमा दिएर माग गरिएको आवेदनमा ३ महिलासहित २७ जनाले दरखास्त दिएका हुन्।

दरखास्त दिनेमा खेल क्षेत्रका व्यक्तिसँगै राजनीतिक पृष्ठभूमिका समेत छन्। असार २६ मा दरखास्त आह्वान गरिएपछि तोकिएको म्याद अवधि बिहीबारसम्म २७ जनाले आवेदन दिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

आवेदकमा पोखराका तेज गुरुङ (पोखरा–१) र मनबहादुर गुरुङ (पोखरा–२६) छन् । यसअघिका सदस्य सचिव रमेशकुमार सिलवाल सहित २७ जना हुन्।

सिफारिस समितिले अब १ महिलासहित ३ जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले अर्को साता राखेप सदस्यसचिव नियुक्त गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width