थपिए १ सय ६७ संक्रमित, कुल संक्रमित संख्या १७ हजार ३ सय ४४

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
corona_1

नेपालमा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलन गरी देशभरका २७ वटा ल्याबमा गएको २४ घण्टामा ४ हजार ९ सय ८१ नमुना परीक्षण गर्दा १ सय ६७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । कुल संक्रमितहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २ सय ४९ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४/१४ जना, बाँके र डडेलधुराका ८/८ जना, इलाम र दैलेखका ६/६ जनामा संक्रमण पुष्टि भएको छ ।
झापा, सुनसरी र अछामका ४/४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३/३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २/२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १/१ जनाको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width