पत्रकार पाठक सम्मानित

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
Keshav Pathak

पोखरा, १ साउन । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले खेलकुद पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट सम्मान गरेका छन् । पोखरा आएका बखत मन्त्री विश्वकर्माले उनलाई सम्मान गरेका हुन् ।

मन्त्री विश्वकर्माले राजधानी बाहिर पहिलो पटक पाठकलाई यो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । पाठकले सम्मानपत्र सहित नगद ५० हजार प्राप्त गरेका छन् । गतसाता नेपालभरबाट चार जनाले यो पुरस्कार प्राप्त गरेका हुन् । लकडाउनका कारण उनी काठमाडाै जान पाएका थिएनन् ।

साढे दुई दशकदेखि पोखरा तथा काठमाण्डौमा रहेर खेलकुद पत्रकारिता गरिरहेका पाठकले पहिलो पटक यो सम्मान पाएका हुन् । २०५९ सालमा गठन भएको नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक समेत रहेका उनी नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार छन् ।

उनी पोखरा स्पोर्टस डटकमका सम्पादक तथा पोखरा न्युजका कार्यकारी सम्पादक रुपमा कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width