नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने

रासस
श्रावण १, २०७७
Byas Municipality

दमौली, १ साउन । तनहुँको व्यास नगरपालिकाकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । कृषि एम्बुलेन्सबाट कृषकले उत्पादन गरेका कृषि सामग्री बजारीकरण गरिनेछ । निजी क्षेत्र र सहकारीसँग मिलेर नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको हो । कृषिउपज सामग्री बिक्री वितरणका लागि सहज बनाउन कृषि एम्बुलेन्स खरिद गर्ने निर्णय भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिकाले ग्रामीण भेगका सर्वसाधारणलाई सुविधा दिने उद्देश्यले एम्बुलेन्ससमेत खरिद गर्ने तयारी गरिएको छ । ग्रामीण भेगका सर्वसाधारणले बिरामी परेको खण्डमा महङ्गो मूल्य तिरेर सवारीसाधन भाडामा लिएर स्वास्थ्य संस्थासम्म जानुपर्ने बाध्यता रहेकाले नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्न लागेको जनाएको छ । रासस

Related News

सम्बन्धित समाचार

hero news full width