बागलुङ र स्याङ्जामा थपिए संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७७
covid 19 corona banner

पोखरा, १ साउन । गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण देखा परेको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गरी बागलुङमा २ र स्याङजामा १ गरी ३ जनामाका संक्रमण पुष्टि भएको जनाएको हो ।

बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङ्जा वालिङका १९ वर्षीय पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाइएको हो ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

हालसम्म ९ सय २५ जना निको भइ घर फर्केका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै