२४ घण्टामा थपिए ११६ संक्रमित, संक्रमित संख्या १७०६१ जना

एजेन्सी
असार ३०, २०७७
Corona_dark

काठमाण्डौ, ३० अहसार । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आजसम्म डिस्चार्ज १० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए। आज ४ हजार ३६१ जनाको नमूना परीक्षण गरिएको थियो। नेपालमा हाल २४ हजार ७१६ जना क्वारेन्टिनमा रहेको प्रवक्ता गौतमले जनाकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width