नयाँ दिल्ली, ३० असार । भारतमा कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख ६ हजार ७५२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरी कुल सक्रमितमध्ये तीन लाख ११ हजार ५६५ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७१ हजार ४५९ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७२७ जनाको मृत्यु भएको छ ।
भारतमा सब भन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।
तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख १३ हजार ७४० जना रेहेका छन्न् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरीको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् ।
Related News
सम्बन्धित समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
रोजगार खोज्दै मेलामा
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१