काठमाण्डौ, २९ असार । पछिल्लो २४ घण्टामा देशभर १ सय ४४ कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न २५ वटा प्रयोगशालामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै, सोमबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या छ। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ छ। हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
त्यस्तै काठमाडौं उपत्यकामा सोमबार ९ जना संक्रमित थपिएका छन्। जसअनुसार काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एकजना नयाँ संक्रमित भेटिएका हुन्। हालसम्म ६० दशमलव ७ प्रतिशतभन्दा बढी अर्थात् १० हजार २ सय ९४ जना भाइसरमुक्त भएका छन्।
संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ। विगत २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित निको भएर घर फर्किएका जानकारी मन्त्रालयले गरेको दैनिक प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१