भानु जयन्ती मनाइँदै

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
bha

पोखरा, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०८ औं  जन्म   जन्यन्ती सोमबार स्वदेश तथा विदेशमा विभिन्न् कार्यक्रमका साथ मनाइँदैछ ।

यसै उपलक्ष्यमा भानु बाङ्मय प्रतिष्ठानले पोखरा–११ फूलवारी स्थित भानु प्रतिमा स्थल पार्कमा सोमबार बिहान बिशेष कार्यक्रम गर्ने भएको छ । भानु जन्मेको २०८ औं जन्मजयन्तीको अवसरमा पोखरा–११ फूलवारीमा उनकाे पूर्णकदको प्रतिमा निर्माण भएको हाे ।

आदिकवि भानुभक्तद्वारा अनुदित कृति रामायण लोकप्रसिद्ध रहेको छ । यसैगरी बधुशिक्षा लगायत फूटकर कृतिहरु पनि नेपाली जिब्रोमा जीवित छन् । हरेक वर्ष उनको जन्म असार २९ लाई भानु जयन्तीको रुपमा मनाइँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width