आफ्नै काकालाई हत्या गर्ने नवराज सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
Navaraj Sapkota

पोखरा, २८ असार । कास्कीको मादी गाउँपालिकामा ८० वर्षीय वृद्धको खुकुरी प्रहारगरी हत्या भएको छ । मादी–४ घामनुङका ८० वर्षीय पीताम्बर सापकोटामाथि उनकै भतिज पर्ने ५५ वर्षीय नवराज सापकोटाले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट पीताम्वरका छिमेकी ७७ वर्षीय केशवराज सापकोटा घाइते भएका छन् ।

बारीको घाँसको बिषयमा सामान्य भनाभन हुँदा शनिबार साँझ ६.३० बजे घरमा खाना खाइरहेका पीताम्बर सापकोटामाथि नवराजले खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हत्या आरोपी नवराज सापकोटालाई आइतबार कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

पीताम्बरको घटनास्थलमै मृत्यु भएको मादीगाउँपालिका–४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । घाइते केशवराज सापकोटाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको वडाध्यक्ष सापकोटाले बताए । उनको टाउकोमा चारवटा टाका लगाइएको छ । खुकुरी प्रहारपछि घरपरिवारले हार गुहार गर्दा घटनास्थल पुगेका केशवराजमाथि पनि नवराजले खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घटना घटाउने नवराज राति नै घरबाट भगेर पोखरातर्फ आएका थिए । उनलाई प्रहरीले आइतबार बिहान ५.३० बजे पोखरा महानगरपालिका वडा नं १३ को कसेरी बजारबाट पक्राउ गरेको थियो । नबराज बिरुद्ध जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्दामा म्यादथप गरी अनुसन्धान कार्य अगाडि वढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पीताम्बर सापकोटाको शव आइतबार दिउसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शल्यपरीक्षण गरी आफन्तलाई बुझाइएको जानकारी प्रहरीले दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • रोजगार खोज्दै मेलामा

    विजय नेपाल वैशाख १२, २०८१
    पोखरा । पोखरा मालेपाटनकी ४० वर्षीया संगीता केसीले केही नोकरी पाइन्छ कि ? भन्दै मंगलबार एक स्टल सञ्चालकसमक्ष जिज्ञासा राखिन्…
  • कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    चितवन । चितवनमा रहेका २ हात्ती कतारलाई उपहारस्वरुप पठाउने तयारी गरिएको छ । कतारका अमीर (राजा) शेख तमिम बिन हमाद…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…

hero news full width