शुक्लागण्डकीमा पहिरोले घर बगायो

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
500px-Suklagandaki

दमौली, २८ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँमा शनिबार राति पहिराले एक घर बगाएको छ । दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले स्थानीयवासी मुरली ढकालको घर बगाएको हो ।

ढकालका परिवार घरभित्रै रहेका बेला पहिरो आएपछि उनीसहित पाँच जना सामान्य घाइते भएको स्थानीयवासी विशाल ढकालले जानकारी दिए । पहिराले घर बगाएपछि स्थानीयवासीले उनीहरुको उद्धार गरेका थिए । पहिराले घर बगाएपछि मुरलीसहित उनकी श्रीमती, दुई छोरा र एक छोरीले सोही ठाउँभन्दा अलि माथि रहेको छविराज ढकालको घरमा आश्रय लिएका छन् ।

“अकस्मात् पहिरो आएर घर बगाएपछि स्थानीयवासीले तत्कालै उनीहरुले उद्धार गरेका कारण थप क्षति हुन पाएन”, विशालले भने–उनीहरु अहिले छिमेकीका घरमा छन् । सोही घरमा शनिबार साँझ एक वृद्धको कालगतिका कारण मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले पहिरोका कारण घर बस्न नमिल्ने गरी क्षति भएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width