पाेखरा, २८ असार । पोखरा चेम्बर अफ कमर्स, कास्कीले यातायात विभाग गठन गरेको छ । विभागको पहिलो बैठकले अध्यक्षमा मनोज रसाइली, उपाध्यक्षमा अशोक चौधरी, महासचिवमा मदन सुनार, सचिवमा विष्णु थापा, कोषाध्यक्षमा शरद काफ्ले र सह–कोषाध्यक्षमा नारायण कोइरालालाई चयन गरेको छ ।
विभागको सदस्यमा नेत्र बहादुर खत्री, टंकबहादुर कार्की, प्रेम लिम्बु र नेत्र बहादुर पुन रहेका छन् । विभागको सल्लाहकारमा केदार पौडेल, रामबहादुर तामाङ र सन्तोष सिग्देल रहेका छन् । पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले कोरोना भाइरसको कारणले तहसनहस भएको यातायात क्षेत्रलाई सरकारले राहत तथा पुनःस्थापनाको कार्यक्रम ल्याएर राहत दिनुपर्ने बताए ।
सरकारले लामो समयपछि सार्वजनिक याताायात सञ्चालन गर्न अनुमति दिनु स्वागतयोग्य भएको उल्लेख गर्दै उनले पूर्वाधार स्वास्थ्य सतर्कता र सुरक्षा सावधानी लगायतका क्षेत्रमा आवश्यक तयारी नगरेको दावी गरे । उनले सार्वजनिक यातायात सञ्चालनको लागि यातायात मजदुर मेकानिक, ग्यारेजलगायत भौतिक पूर्वाधार तयार नभएको उल्लेख गरे ।
अध्यक्ष सुनारले वार्षिक कार्ययोजना निर्माण गरेर काम गर्न विभागलाई सुझाव दिए । पोखरा चेम्बर अफ कमर्स, कास्कीका महासचिव उमराज बास्तोलाले सबैको समन्वय र सहकार्यले यातायात क्षेत्रलाई व्यवस्थित गर्न सकिने बताए । यातायात विभागका अध्यक्ष मनोज रसाइलीले अग्रिम आयकरदेखि यातायात व्यवसायीले ८ प्रकारका कर तिर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको दावी गरे । विभागका उपाध्यक्ष अशोक चौधरीले कोरोनाले यातायात क्षेत्र सबैभन्दा बढी मारमा परेको बताए । .
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१