गण्डकी प्रदेशमा आइतबार भारी वर्षा हुन्छ-मौसम विभाग

एजेन्सी
असार २८, २०७७
monsoon-theme-photos

काठमाडौं, २८ असार । जल तथा मौसम विज्ञान विभागले आइतबार देशको अधिकाशं भागमा  वर्षा हुने  जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा अथार्त तराई भूभाग नजिक रहेकाले देशभर वर्षा हुने जनाएको छ । वढी मात्रामा प्रदेश १, २ तथा बागमती प्रदेशमा बढी मात्रामा वर्षा हुने जनाएको छ । विभागका अनुसार मेघ गर्जन चट्याङ्सहित वर्षाको सम्भावना छ ।

विभागले जारी गरेको आइतबारको मौसम पूर्वानुमानमा दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा भारी वर्षाको हुनसक्ने मौसम पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width