नवलपरासी । गैडाकोट नगरपालिकाका ३ वटा वडा डुबानमा परेका छन् । ३ दिनसम्म परेको झरीले गैडाकोट नगरपालिका वडा नम्बर १, २ र ४ का अधिकांश घर डुबेको हो ।
सो क्षेत्रमा लगातार परेको वर्षाले ४ सय ९३ घर डुबानमा परेका छन् । बस्तीसँगै धान र मकैवाली लगायतका अन्नबाली पनि डुबेको छ ।
वडा नम्बर ४ का वडाअध्यक्ष कृष्ण न्यौपानेले बाढीले निकास नपाउदा करिब ५ सय घर डुबानमा परेको जानकारी दिए । उनले आइतवार विहान डोजर लगाएर पानी तर्काउने काम गरेको जानकारी दिए ।
५ सय घर २ मिटर भन्दा बढि डुबेको छ । घर डुबानमा परेसँगै खाद्यान्न, लुगाफाटो भिजेको स्थानीय बासिन्दा एकदेब रिमालले बताए । उनका अनुसार कालीगण्डकी चोकदेखि उत्तर तर्फका घरहरुमा डुबानले बढी प्रभाव पारेको छ ।
धिकांश घरको तल्लो सतहमा भरिएपछि स्थानीयहरु माथिल्लो तलामा सर्न थालेको रिमालले जानकारी दिए ।