फाइल फोटो ।
पोखरा, २८ असार । अविरल वर्षापछि स्याङ्जाका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोमा गल्याङ र वालिङमा गरी ३ घरपरिवार विस्थापित भएका छन् । मानवीय क्षति भने टरेको छ ।
गएराति करिब ११ बजे गल्याङ नगरपालिका वडा ७ कर्पुदीकी ६६ वर्षीय तीलमाया थापाको घर पहिरोले भत्किएको हो । ढुंगामाटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर अविरल वर्षा कारण पूर्व पट्टीको पर्खाल भत्किएको थियो ।
पहिरोले घरका भाँडावर्तन, लत्ताकपडा, अन्न लगायत गरी करिब ५ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
घरमा बस्दै तीलमायासहित २जनालाई छिमेकी लोकबहादुर थापाको घरमा स्थानान्तरण गरिएको छ ।
यसैगरी, गएराति २ बजे वालिङकै वडा ७ पैदी बस्ने भोजराज दमैको घर पछाडिबाट बारीको कान्लो भत्कन गई घरमा क्षति पुगेको छ ।
खरको छानो भएकोकाठले बनेको कच्ची गोठ पूर्ण रुपमा भत्किएर करिब ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सो पहिरोमा मानवीय क्षति भने टरेको छ ।
उता, वालिङ नगरपालिका वडा २, सिलडाँडाकी ३३ वर्षीया चीत्रमाया दमैको घरमा पनि पहिरोले क्षति पु¥याएको छ । शनिबार राति साढे ९ बज चीत्रमायाको घरअगाडि आँगन पहिरो जाँदा चारकोठाको एकतले पक्की घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
घरका ५ जना सदस्यलाई नजिकैको देउराली प्राविमा अस्थायी बसोबासको लागि सारिएको छ ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१