पहिरोपीडितलाई लायन्स क्लबको सहयोग

भीमपाणि बराल
असार २७, २०७७
bhimpani

लेखनाथ, २७ असार । पोखरा महानगरपालिका वडा २६, पैतेडाँडा पहिरोपीडित परिवारलाई लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनले सहयोग गरेको छ ।

अविरल वर्षापछि बिहीबार राति आएको पहिरोले स्थानीय ३२ वर्षीय दुर्गाबहादुर सुनार (विवेक) को मृत्यु भएको थियो । यस्तै, वर्षाका कारण उक्त ठाउँका करिब ७२ वटा घरहरुमध्ये ३४ घर परिवारका करिब १ सय ५२ जना प्रभावित भएका छन् । पहिरोबाट विस्थापित घरपरिवारलाई अहिले वडा २६ को पहलमा स्थानीय अमरज्योति आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

पहिरोपीडित परिवारका लागि खानाको व्यवस्था नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले गर्दै आएकोमा शनिवार लायन्स पोखरा कालिका भ्यू टाउनले आवश्यक खाद्य सामाग्री सहयोग गरेको हो ।

पीडितलाई लायन्स क्लब ३२५ बी १ अन्तर्गत क्लस्टर २० का क्लबहरुले अस्थाई बसोबास स्थानमा पुगी आलु, दाल, मरमसला, माक्स, सेनेटाईज, ताजा तरकारी र पानी सहयोग गरेका हुन् ।

क्लस्टर २० का चिफ चन्द्रप्रकाश अधिकारी र वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले पीडित परिवारलाई सबैकोे सहयोगले अल्पकालीन राहत मिले पनि दीर्घकालीन सोचका साथ अगाडि बढ्नु पर्ने सुझाव राखेका थिए ।

लायन्स पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पोषणमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष नारायण अधिकारी, पूर्व अध्यक्ष चन्द्रा शर्मा, स्थानीय रामहरि ढुंगाना र क्लबका सचिव ईश्वर अधिकारी लगायतले आगामी दिनमा पर्ने सहयोग हुने बताए ।

यसते, पैँतेडाँडा पहिरो पीडितलाई बेगनासताल विपत् व्यवस्थापन समितिका संयोजक नीराजन बरालले ५ हजार सहयोग गरेका छन् ।

पीडितलाई अल्पकालीन रुपमा खाना र बसोबास ब्यवस्था मिलाउन स्थानीय रुपमा सहयोग समिति गठन गरी सहयोग गर्दै आएको छ । जसको संयोजकमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखातर्फबाट राजेश घिमिरे र दीपक भण्डारी, स्थानीयतर्फबाट सूर्य भण्डारी, भीमपाणि बराल, हरिप्रसाद अधिकारी र पीडित परिवारतर्फबाट सोमबहादुर बि क र गोविन्द परियार रहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width