कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
Coronavirus_green

पोखरा, २७ असार । कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका–१० शंमखुलका ६० वर्षीय पुरुष छन् । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि ११ दिन अघि अस्पताल भर्ना भएका थिए ।
पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए ।

उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै काठमाण्डौ मेडिकल कलेज अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर–४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width