२४ घण्टासम्म सनाखत हुन सकेन

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
dead-body-1_3199456_835x547-m

पोखरा, २७ असार । स्याङ्जाको आँधीखोलामा भेटिएको पुरुषको शवको २४ घण्टा बित्दासमेत सनाखत हुन सकेको छैन । शवको अझसम्म पहिचान हुन नसकेपछि तथा आफन्तसमेत सम्पर्कमा नआएपछि स्याङ्जा प्रहरीले पुनः विज्ञप्ति जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार असार २६ गते दिउँसो पौने १ बजे गल्याङ ४, डँुडेस्थित आँधीखोलाको किनारमा अन्दाजी ५५/५६ वर्षीय पुरुषको शव फेला परेको हो । करिब साढे ५ इञ्च उचाइ, मोटो शरीर, कपाल छोटो तर फूलेको, नीलो कपडाको पाइन्ट लगाएको मंगलोलियनजस्तो देखिने ती पुरुषको हुलिया रहेको छ । प्रहरीले ती पुरुषको थप विवरण खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width