गण्डकीमा थपिए १४ नयाँ संक्रमित

आदर्श समाज सम्वाददाता
असार २७, २०७७
Coronavirus_world_2

पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ । प्रदेशमा शनिबार १४ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै पुरुष हुन् । योसँगै कुल संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा ती संक्रमित फेला परेको निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा महानगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु वर्ष २५ र ८९ का हुन् । यस्तै, क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना देखिएको छ ।

तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दीपुरका १६ र १९ वर्षीय पुरुष, शुक्लागण्डकीका ३३ वर्षीय पुरुषको नमुना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । बागलुङको बडीगाड गाउँपालिकाका १९ वर्षीय पुरुष, गल्कोटका २५ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको छ । स्याङ्जाको चापाकोट, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका १–१ जना पुरुषमा कोरोना देखिएको हो ।चापाकोटका वर्ष २९, वालिङका वर्ष २० र कालीगण्डकीका वर्ष १९ का पुरुष हुन् ।

उता, म्याग्दीको रघुगंगा र अन्नपूर्णका समान ३० वर्षका पुरुषमा कोरोना देखिएको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित चार जिल्लाहरु तनहुँ, बागलुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुन् । ती जिल्लामा संक्रमित संख्या १ सय ५० नाघेको छ । प्रदेशमा हालसम्म १९ हजार ७ सय ३२ नमुना संकलन भएको छ । संक्रमित १ हजार १ सय ७६ जनामध्ये ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । १ सय ९८ जनाको नतिजा आउन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width