प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाएका छन् ।
बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना रोकथामका सम्बन्धमा शुक्रबार साँझ नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सेना, प्रहरी, कर्मचारी, सिङ्गो संयन्त्र र सम्बद्ध निकाय नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता सङ्कट र समस्यामा आफ्ना नागरिकको साथमा रहँदै आएको बताए ।
केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पु¥याएको जनधनको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखित तुल्याएको जनाउँदै उनले प्रभावितको उद्धारमा आवश्यक सुरक्षाकर्मी परिचालन तथा सङ्घीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको र प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण गर्नेसमेत व्यवस्था मिलाइएको स्पष्ट पारे ।
‘उद्धारका साथै नागरिकहरु विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्नेजस्ता अनेकाै दूरगामी महत्वका कार्यक्रम पनि सँगसँगै सञ्चालन गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित रहेको छ । हामीले महामारी र प्राकृतिक विपत्तिप्रति खेलबाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ मिल्दैन । तसर्थ, जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तीनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ता, सबै जनता एकजुट भएर सम्भव सबै प्रकारका उद्धार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउन म विशेष आग्रह गर्दछु ।’
कोरोना रोकथाम: सचेत हुन आग्रह
नेपाल कोरोना महामारीको असर एवं त्यसबाट अर्थतन्त्रमा आइपरेको प्रभावलाई व्यवस्थापन र पुनरुत्थानमा लागेको उल्लेख गर्दै उहाँले सङ्कमितमध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ३५ अर्थात् ०.२१ प्रतिशत भएको जनाएका छन् । कोरोना रोकथामका लागि सुरक्षाकर्मीसँगै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति अग्रिम मोर्चाका ‘सिपाही’का रुपमा उपचारमा अहोरात्र खटिएको र यही बलले महामारीलाई परास्त गरिरहेको प्रधानमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले बन्दाबन्दीलाई केही खुकुलो पारिएसँगै सङ्क्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेकाले समुदायमा फैलिन गए भयावह अवस्था सिर्जनासमेत हुने भएकाले सबैमा थप गम्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताए । ‘राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सक÷स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनै पनि हालतमा अपनाउनुपर्दछ’, उनले भने ।
‘पार्टी विवादको समाधान आन्तरिक छलफलबाट’
महामारी र प्राकृतिक विपत्तिका समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक भएकाले त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो भने । ‘पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन् । यस्ता विषयहरु सम्बन्धित दल र तिनका नेताहरुले आपसी छलफलबाटै सुल्झाउने छन् ।
यसका लागि धैर्य र संयम आवश्यक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुन सक्छ । म आश्वस्त पार्न चाहन्छु, आम नेपालीका बीच आपसी एकता बढाउन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्र्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’ उनले यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवनरक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि नमिल्नेमा जोड दिँदै भने, ‘मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र संम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जीउधनको रक्षामा केन्द्रित छ ।’
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१