जाजरकोटकाे बारेकोटमा पहिराले घर बगाउँदा १२ बेपत्ता

रासस
असार २६, २०७७
908105-landslide-file

प्रतिकात्मक तस्वीर

जाजरकोट, २६ असार ।  बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए । घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै वडा ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…

hero news full width