लेखनाथ,२६ असार । पोखरा महानगरपालिका वडा नं २६ पैतेडाडाँमा बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरोजांदा सोही ठाउँ निवासी ३२ वर्षीय बिवेक बिकको ज्यान गएको छ ।वर्षासगै घर पछाडिबाट आएको पहिरोले बिकको घर भत्कदा उनको घटना स्थलमै मृत्यु भएको हो । पहिरोबाट स्थानीयवासी र सुरक्षा निकायको सहयोगमा उनको शव निकालिएको थियो ।
वर्षाका कारण उक्त ठाउँमा रहेका करिव ७२ वटा घरहरुमध्ये ३४ घर परिवारका करिव एक सय ५२ जना प्रभावित भएका भने पाँच घर उच्च जोखिममा परेका छन् । पहिरोबाट विस्थापित घरपरिवारलाई अहिले वडा नं. २६ को पहलमा स्थानीय अमरज्योति आधारभूत विद्यालयमा वस्ने व्यवस्था मिलाईएको छ भने खानाको व्यवस्था नेपाल रेडक्रस सोसाईटी कास्की शाखाले गरेको छ ।पहिरोबाट पीडितहरुलाई लायन्स क्लव ३२५ बि १ अन्र्तगत क्लस्टर नं. २८ का क्लबहरुले १७ बोरा चामल,४१ लिटर तेल, ४१ पोका नून, १६ कार्टुन चाउचाउ र ४१ थान त्रिपाल वितरण गरेको छ । पहिरोमा परि ज्यान गुमाएका विवेक बिकको परिवारलाई राहत स्वरुप नगद २५ हजार समेत पदान गरिएको छ ।
पहिरोले घर भत्किंदा वृद्ध घाईते
अविरल वर्षापछि आएको पहिरोले पोखरा २८ आरुपाटामा घर भत्किंदा एक वृद्ध घाईते भएका छन । बाटोमाथि रहेको घरमै बसिरहेका बेला गएको पहिरोले घर भत्किँदा अन्दाजी ७० वर्षीय विचारी भनेर चिनिने बृद्ध घाईते भएका हुन ।
उनको पोखरामा उपचार भईरहेको छ । यसैगरी पोखरा २७ का खोलाको डिल र रिठेपानी स्थित भुवनकुनामा वाढीका कारण केही घरहरु डुबानमा परेका छन् भने केहीमा आंशिक क्षति पुगेको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।
प्रहरी चौकी पनि डुबानमा
अबिरल वर्षपछि आएको वाढीले पोखरा २७ डाँडाकोनाकमा रहेको इलाका प्रहरी कार्यालय डुबानमा परेको छ । २ तले भवनमा रहेको उक्त प्रहरी चौकीको तल्लो तला नै डुबानमा परेको थियो । बाढीले हुनसक्ने क्षतीलाई मध्यनजर गर्दै कार्यालयका सामानहरु माथिल्लो तलामा सारिएको थियो भने त्यहाँ कार्यरत प्रहरी जवानहरु बाहिर निस्केर बस्न बाध्य भएका थिए ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१