बाढी पहिरोले पुर्‍याएको धनजनको क्षतिप्रति प्रदेश प्रमुख शेरचनद्वारा दुःख व्यक्त

आदर्श समाज सम्वाददाता
असार २६, २०७७
Amik Sherchan 111

पोखरा, २६ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले केही दिनदेखि परेको अविरल वर्षाले गण्डकी प्रदेशसहित देशका विभिन्न भागमा पुर्याएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रबार एक शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेशका म्याग्दी, कास्की, लमजुङ, तनहुँलगायत देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिको खबरले आफू स्तब्ध भएको जनाएका छन् । साथै, पहिरोमा परी बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्दार र पीडितलाई राहत दिलाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

त्यसैगरी, ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रदेश प्रमुख शेरचनले वर्षात्को समय रहेकोले सम्भावित जोखिमबाट बच्न उच्च सावधानी र आवश्यक सतर्कता अपनाउन समेत सम्बन्धित सबैलाई अपील गरेका छन् ।े छ ।

Related News

सम्बन्धित समाचार

hero news full width