Worldlink ads

वाढीले १५ विस्थापित

Avatar आदर्श समाज सम्वाददाता
असार २६, २०७७
IMG_20200710_111904

तनहुँ, २६ असार । सेती नदीमा आएको वाढीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुलचोक ८ ढोरफिर्दीका स्थानीय त्रसित बनेका छन् ।

अविरल वर्षासँगै नदीमा आएको वाढी भरभित्र पस्न थालेपछि स्थानीय घर छाडेर घर छडेर भाग्नु बाध्य भएका छन् । रातिको २ वजे सुसाउदै सेती नदीमा वाढी आएको र गाँउमा पस्न थालेपछि उनीहरुमा भागाभाग मच्चिएको हो ।
काखमा बच्चा च्याप्दै बौद्ध गुम्बातर्फ भागेर ज्यान बचाएका बताइन् । बाढी पसेपछि स्थानीयहरु घर नजिकै रहेको बौद्ध गुम्बा ,आदर्श समाजको भवन र छिमेकीको घरमा शरण लिएर रात विताएका छन् । विस्थापितलाई मगर समाजको भवन, वौद्ध गुम्वा, आर्दश समाजको भवन, राधा कृष्ण मन्दिर, पार्टी पौवा र प्रतिक्षालयमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार वाढीले ढोरफिर्दी जाने काठे पुल समेत डुबाएको बताए । शुक्रबार स्थलगत अवलोकनका लागी पुगेका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारी र प्रहरी उपरीक्षक अरुण पौडेलले स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads