Worldlink ads

पहिरो जाँदा अवरुद्ध मध्यपहाडी लोकमार्ग संचालनमा

Avatar आदर्श समाज सम्वाददाता
असार २६, २०७७
maday-pahadi_thangthilo-giriraj-panchahthar

बागलुङ, २६ असार । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खस्दा गएरातिदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड  संचालन आएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको सडक डोजर लगाएर खोलिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।पहिरोले करिब २५ मिटर सडक पुरेको थियोे ।

सडक अवरुद्ध हुँदा बागलुङ जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका थिए । निरन्तरको वर्षातका कारण लोकमार्ग खुलाउन समस्या भएको खबर पाए लगत्तै खुलाउने काम भएको गलकोट नगरपालिकाले जनाएको छ । यस्तै अविरल वर्षसँगै आएको पहिरोले बागलुङका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads