लमजुङमा पहिरोमा परी एकैघरका ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २६, २०७७
Lamjung-landslides

सांकेतिक फोटो ।

पोखरा, २६ असार । लमजुङ सदरमुकाम बेंसीशहरमा पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।बेंसीशहर नगरपालिका -७, सातबिसेमा बिहीबार राति स्थानीय दीपक तामाङको घर पहिरोले पुरिँदा परिवारका ३ जनाको मृत्यु भएको हो ।

लमजुङ प्रहरीका अनुसार मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ सहित उनकी श्रीमती अन्दाजी २६ वर्षीया बीमाया तामाङ र छोरा ९ वर्षीय छेवाङ तामाङ छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको  छ ।

Related News

सम्बन्धित समाचार

hero news full width