मास्क नलगाउनेलाई कास्की प्रहरीको कारबाही

आदर्श समाज सम्वाददाता
असार २५, २०७७
surgical_mask_still_life-732×549-thumbnail2

पोखरा, २५ असार । कास्की प्रहरीले मास्क नलगाई हिड्ने २० जनालाई कारवाही गरेको छ । कोरोना संक्रमणको जोखिम वढिरहेकै अवस्थामा विहीबार त्यो संख्यालाई कारवाही गरेको हो ।

मास्क नलगाई हिड्ने व्यक्तिलाई सम्झाई बुझाई गर्दा अटेर गर्ने २० जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले बताए ।

उनीहरुलाई जनही एक सय रुपैयाँ जरिवाना समेत गरिएको छ । कोरोना संक्रमण वढिरहेकै अवस्थामा कास्कीवासीलाई अनिवार्य रुपमा मास्क लगाउन जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध समेत गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पूर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width