विवाह मण्डपबाटै ५ जना पक्राउ

अञ्जनराज न्यौपाने
असार २५, २०७७
f4564d0ba54852b88ab604beb5cfe245_indian-marriage-mandap-clipart-1-clipart-station_1300-1300

तनहुँ, २५ असार । बालविबाह गरेको भन्ने गोप्य सूचनाका आधारमा विवाह मण्डपबाटै बेहुला सहित बुधबार  ५ जना प्रहरी नियन्त्रणमा परेका छन्।

जिल्ला स्थित ब्यासनगरपालिका -११ रामथुम्की भन्ने स्थानमा छिमेकी जिल्ला स्थित शहीद लखन थापा गाँउपालिकाका २३ वर्षका एक युवक र १४ वर्षीया बालिकाको हिन्दू परम्परा अनुसार विवाह भैरहेको सूचनाका आधारमा प्रहरीको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिवाह मण्डपबाट नै विवाह गराउने पण्डित, बेहुलाका बाबू आमा,बेहुलीको बाबु र लमी समेतगरी ६ जनालाई विवाह मण्डलबाटै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए।

विवाह सम्बन्धित परिक्षेत अनुसार दफा १७३ बमोजिम मुद्दा दर्तागरी ३ वर्षसम्म कैद र ३० हजार सम्म जरिवाना हुनसक्ने कानूनी ब्यबस्था रहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए । सो विवाह उमेरको हद नपुगेको हुदाँ स्वतह विवाह बदर हुने उनले बताए । कानूनी ब्यबस्था अनुसार केटाको २० वर्ष र केटीको २० वर्ष पूरा हुनुपर्ने मान्यता रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width