गण्डकीमा २० जना कोरोना संक्रमित

Avatar आदर्श समाज सम्वाददाता
असार २५, २०७७
gandaki-prades-jpg

पोखरा, २५ असार । गण्डकी प्रदेशमा विहीबार २० जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् ।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष र भीसेनथापा गाउँपालिकाकी एक महिला रहेका छन् ।यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    • भयावह कोरोना, एकै दिन २२५ को ज्यान गयो

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । कोरोना भाइरस संक्रमण कारण गएको २४ घण्टामा २ सय २५ जनाको मृत्यु भएको छ । यो संख्या एकै दिनमा…
    • एमाले कास्कीका नेता भण्डारीको निधन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । नेकपा एमाले कास्कीका नेता शोभकर भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको छ । पार्टी विवादपछि माधव नेपाल समूहले…
    • टेम्पल ट्रीका आरएम आचार्यकाे कोरोनाले निधन 

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा ।  पर्यटनकर्मी कृष्ण आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।  उनी पोखराकाे लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टमा रेसिडेन्ट म्यानेजर…
    • कोरोनाले गण्डकीमा थप १२ को मृत्यु- विज्ञप्तिसहित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      पोखरा । कोरोना संक्रमणका कारण गण्डकीका विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न अस्पतालमा…
    • गण्डकीमा थप १० संक्रमितको मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      पोखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post