वालिङका सात घर परिवार सुरक्षित स्थानमा स्थानान्तरण

तोलाकान्त बगाले
असार २४, २०७७
maxresdefault

वालिङ, २४ असार । वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

नगरपालिकाको विपद ब्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ ८ को दमाईडाँडामा रहेको सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद ब्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले बताए ।

“दलित समुदायको बस्ती रहेको उक्त गाउँका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको छ” नगर प्रमुख खाँणले भने “तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा सारेका हौं यो दीर्घकालीन नभई अस्थायी हो ।”

वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने संभावित गाउँलाई पूर्व सावधानीस्वरुप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उनीहरुलाई दीर्घकालीनरुपमा बसोबासको ब्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भईरहेको नगर प्रमुख खाँणले बताए ।

वालिङ नगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भूक्षय जान सक्ने संभावित बस्तीहरुको पहिचान गरी उच्च सतर्कता अपाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।वालिङ नगरपालिकाको वडा नं. १३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भईरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताए ।

भिरालो जमीनमा कच्ची घरहरु रहेको र वर्षायामको सुरुवातसँगै जमीनमा चिरा पर्ने तथा जमीन भास्सिने समस्याका कारण निकै त्रसित अवस्थामा बस्नुपर्ने बाध्यतालाई नगरपालिकाले सहजीकरण गरेर विद्यालयमा बस्ने ब्यवस्था मिलाएकोमा राहत मिलेको पहिरो प्रभावित प्रकाश परियारले बताए । “पानी परेको बेला हाम्रो बस्तीमा रहेका कोही पनि राम्रोसँग निदाउन सक्ने अवस्था छैन” पहिरो प्रभावित परियारले भने “सात घर परिवारका ३० जनाले विद्यालयमा आश्रय लिएका छौं ।”

Related News

सम्बन्धित समाचार

  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • पोखरा महानगरको बजेट पारित

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले…
  • एडिबीका कार्यकारी निर्देशक र पोखराका मेयरबीच भेटवार्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच…
  • सिद्धेश्वर महादेव मन्दिरमा धर्मराज आचार्य

    आदर्श समाज सम्वाददाता फागुन ६, २०७९
    पोखरा। सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् । समितिको २९ औं साधारण सभा तथा १४…
  • मानवसेवा आश्रमलाई युनाइटेड क्लबको सहयोग

    आदर्श समाज सम्वाददाता माघ २८, २०७९
    पोखरा । युनाइटेड क्लबले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक सहयोग गरेको छ । हेमजामा भएको महायज्ञमा क्लब अध्यक्ष राजु…

hero news full width