पोखरा, २४ असार । स्याङ्जामा एकपछि अर्को आत्महत्याका घटना दोहोरिन थालेका छन् । जिल्लाको चापाकोट नगरपालिकामा ३ दिन अवधिमा २ जना पुरुषले आत्महत्या गरेका छन् ।जिल्लामा असार महिनामा मात्रै ५ वटा केस आत्महत्याको रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
कोरोना महामारीसँगै जारी लकडाउनका कारण मानिसहरु बढी नै मानसिक तनावमा हुने गरेकोले पनि यस्तो खालको आपराधिक क्रियाकलाप हुने गरेको डीएसपी अधिकारीको भनाइ छ ।उनका अनुसार चापाकोट नगरपालिका वडा ९, निर्दिमका वर्ष ४१ का ढाकाराम पंगेनीले बुधबार आत्महत्या गरेका हुन् । पंगेनीले आफ्नै घरको माथिल्लो तलाको बार्दलीमा काठको बलोमा प्लाष्टिकको डोरी पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनायो ।
यस्तै,सो घटनाको ३ दिनअघि अर्थात असार २१ मा वडा २, धुर्कोटका १७ वर्षीय शंकर बिकले आत्महत्या गरेका थिए । आफ्नै घरको सुत्ने कोठाको पंखामा पासो लगाएको अवस्थामा प्रहरीले मृतक बिकको उद्धार गरेको हो ।यसैगरी, गल्याङ नगरपालिकाका वडा ७ का २४ वर्षीय एक पुरुषले पनि असार २२ मा आत्महत्या गरेका छन् ।
बुद्धिबहादुर बिकको छोरा मनोज बिकले आफ्नै घरको सुत्ने कोठाको बलोमा प्लाष्टिकको नाम्लो पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो । उनले आत्महत्या गरेको खबर सोमबार बिहान अन्दाजी ७ बजेतिर प्रहरीले पाएपछि प्रहर िअधिकृतसहितको टोली खटिएर घटनाको अनुसन्धान थालेको थियो । असार महिनामै जिल्लामा अन्य २ जनाले पनि आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१