राहात खोलामा वगाउन लगाउने वडाअध्यक्ष पार्टीवाट निस्काशित

राजेशचन्द्र राजभण्डारी
असार २४, २०७७
Rahat Kholama

बागलुङ असार २४ । गरिब तथा विपन्न परिवारलाई बाँड्न लैजादै गरेको राहात खोलामा बगाउन निर्देशन दिने बागलुङका एक वडाअध्यक्ष सहित २ वडा सदस्य पार्टीबाट निस्कासित भएका छन् ।

राष्ट्रिय जनमोर्चाले तीन जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्य समेत नहनेगरी पार्टीबाटै निष्काशन गरेको छ ।

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष तिलक पुन, सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामीलाई पार्टी केन्द्रिय कमिटिको निर्णय अनुसार निष्काशित गरेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले वताए ।

जनतालाई बाड्नका वडा तर्फ लगिदै गरेको राहत सामग्री खोलामा बगाएको आरोप ६ जना विरुद्ध प्रहरीमा मुद्धा दर्ता भएको छ ।

यही असार १३ गते ढोरपाटन नगरपालिका–४ मा रहेका विपन्न परिवारलाई बाँड्न लगिएको करिब एक लाख बराबरको राहत सामग्री वडाअध्यक्ष पुनको निर्देशन र सदस्यद्वय फगामीको संलग्नतामा खोलामा बगाउनुका साथै दुई जनालाई कुटपिट गरी घाइते बनाएको घटनापछि पार्टीले साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरेको हो ।

प्रवासी नेपालीले कोरोना भाइरसका कारण हात मुख जोर्न समस्यामा परेकालाई सहयोग गर्न विदेशबाट पठाएको राहत खोलामा बगाएको भन्दै पार्टीले कार्वाही गरेको हो ।

राजमो बागलुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना जनप्रतिनिधि दोषी देखिएकोले कारबाही गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

यता प्रहरीले खोलामा समान वगाउने ६ जना मध्य १ जनालाई पक्राउ गरेरको छ भने ५ जना फरार रहेका छन् । देश वन्दावन्दीको मारमा परेको बेला ज्याल मजदुरी गर्ने विपन्न परिवारलाई बाँड्न लैजार्दै गरेको राहात वडा अध्यक्षकै निर्देशनमा खोलामा बगाउने कार्य भएकोले उनीहरुमाथि गम्भीर रुपमा छानविन गरी कार्वाही गर्न स्थानीयले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width