शैलेश थापा आइजीपी नियुक्त

आदर्श समाज सम्वाददाता
असार २३, २०७७
sailesh

पाेखरा, २३ असार । प्रहरी महानिरीक्षकमा शैलेश थापा नियुक्त भएका छन् । मंगलबार बसेको  मन्त्रिपरिषद् बैठकले नयाँ आइजीपी नियुक्त गरेको हो ।

कार्यक्षमता र वरिष्ठताका आधारमा मूल्यांकन गरी गृह मन्त्रालयले आइजीपीमा शैलेश थापा क्षेत्रको नाम सिफारिश गरेको थियो । मन्त्रिपरिषदले यसैका आधारमा थापालाई आइजीपीमा नियुक्त गरेको हो ।

भक्तपुरका स्थायी बासिन्दा शैलेश आइजीपीका प्रतिष्पर्धी हरिबहादुर पाल हुन् । दुवैजना हाल दोस्रो र तेस्रो नम्बरका एआइजी हुन् । आइजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै एआइजी तारिणीप्रसाद लम्साल यसै हप्ता सेवानिवृत्त हुने भएकाले थापा र पालमध्ये एक आइजीपी बन्ने पक्का थियो ।

नयाँ बनेका आइजीपी थापाको कार्यकाल २० महिना हुनेछ । उनको कार्यकाल १७ वैशाख २०७९ सम्म हुनेछ । २० महिना कार्यकाल हुने भएकाले आइजीपी नियुक्तिमा सत्तारुढ दलका नेताहरुले चासो बढी लिएका छन् ।

थापा र पालमध्ये एक आइजीपी बन्ने पक्का थियो

यसपटक थापा र पाल दुवैले आइजीपी बन्न अस्वस्थ प्रतिष्पर्धा गरेनन् । थापा शालिन व्यक्तित्वका मानिन्छन् । उनले जोखिमयुक्त क्षेत्रमा भने कमैमात्र कमाण्ड सम्हालेका छन् । पाल कमाण्डमा कडा मानिन्छन् ।

यसैगरी, आइजीपी नियुक्तिसँगै खाली हुने दुई एआइजीमा पनि प्रतिष्पर्धा शुरु भइसकेको छ । एआइजी बन्न नीरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज शाहीबीच प्रतिष्पर्धा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width