ट्याक्टर दुर्घटनामा अधिकारीको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २३, २०७७
accident

पोखरा, २३ असार । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ बाटुलेथरमा मंगलबार ग १ त २२८३ नं.को ट्याक्टर दुर्घटना हुँदा सोही वडा निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको मृत्यु भएको छ ।

ट्याक्टरले खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट ५ मीटर तल खस्दा चालक रामचन्द्र अधिकारीलाई सोही ट्याक्टरले च्यापी गम्भीर घाइते बनाएको थियो । उनको मणिपाल शिक्षण अस्पताल मा उपचारकै क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width