पछिल्लो २४ घण्टामा २०४ मा कोरोना संक्रमण, ३५ को मृत्यु

एजेन्सी
असार २३, २०७७

काठमाण्डौ, २३ असार । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ। विगत २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६१ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३५ जना कोरोनाबाट मृत्यु भएको तथ्यांक छ।

Related News

सम्बन्धित समाचार

hero news full width