पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

Avatar एजेन्सी
असार २३, २०७७

काठमाडौं, २३ असार । पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको शर्माले बताए । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाम्रो सुझाव