मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामाग्री

आदर्श समाज सम्वाददाता
असार २३, २०७७
IMG_9263

पोखरा, २३ असार । पोखरा महानगरपालिका वडा नं. ४ स्थित बुढानिलकण्ठ मन्दिर र स्थानीय विभिन्न आमा समूहलाई ११ लाख मूल्य बराबरका अत्यावश्यक सामाग्री प्रदान गरिएको छ ।

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालामार्पmत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत मन्दिरद्वारा सञ्चालित तीर्थयात्री आश्रमका लागि वेड विस्तारा सहित नौवटा आमा समूहलाई २१५ थान फलामे कुर्ची वितरण गरिएको हो ।

आश्रमका लागि २५ वटा लोवेड, ४० थान डसना र वल्याङकेट तथा ८० थान सिरानी प्रदान गरियो भने सिर्जनशील आमा समूहलाई ५०, डाँडाथर आमा समूहलाई ४०, अम्विका आमा समूहलाई २५ हजार र कोलापाटन आमा समूह र चण्डीटोल आमा समूहलाई २०/२० थान फलामे कुर्ची वितरण गरिएको छ । त्यस्तै नेपाल आदर्श महिला समूह, जनहित महिला समूह, नमूना महिला समूह र मुस्लिम समूहलाई १५/१५ थानका दरले कुर्ची वितरण गरिएको हो ।

बुडानिलकण्ठ मन्दिर परिसरमा आयोजित कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य प्रभा कोइरालाले रकम सानो भएपनि पूर्वाधार विकास कार्यक्रमले आवश्यकताको पहिचान गरि सवै क्षेत्र र वर्गलाई समेटन प्रयास गरेको धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width