काठमाण्डौ, २३ असार । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार पनि भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । उनीहरुबीच आज पनि छलफल भइरहेको छ । तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल) ले भने, ‘सम्भवतः बिहान ११.०० बजेपछि छलफल सुरु हुन्छ होला ।
पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो। आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।
नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भोलिसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लाग्ने एक स्थायी समिति सदस्यले बताए।
पार्टीमा बढेको गतिरोध अत्यका लागि दुई अध्यक्षले कार्यदल गठन गरेको भनेर कतिपय सञ्चार माध्यममा आएको समाचारको प्रचण्डको सचिवालयले खण्डन गरेको छ। ‘अध्यक्षद्वयले कुनैपनि प्रकारको कार्यदल गठन गर्नुभएको छैन,’ जुगलले भने, ‘कार्यदल गठन भएको भनी आएका समाचारमा सत्यता छैन।’
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
hero news full width
मुख्य समाचार
प्रकट पगेनी ‘शिव’ को निधन
कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति
वैशाख ३, २०८१बजेटमाथि बहुवर्षे योजनाको चाप : दायित्व पौने १६ अर्ब
वैशाख ३, २०८१