ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाको शानदार जित

आदर्श समाज सम्वाददाता
असार २२, २०७७
Barceelona vs Billareal

पोखरा । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलमाथि शानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को शानदार जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टेनियो ग्रिजम्यान, अंशु फातीले १/१ गोल गरे । एक गोल भने बार्सिलोनाले आत्मघाती उपहार पाएको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले १ मात्र शान्त्वना गोल फर्काए ।

बार्सिलोनाको जितसँगै ला लिगामा उपाधि होड रोमाञ्चक बनेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना पहिलो स्थानको रियल मड्रिड भन्दा ४ अंकले पछि छ । बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक छ । पराजित भिल्लारियल ५४ अंक सहित पाँचौ स्थानमा छ ।

जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । तर, बार्सिलोनालाई ला लिगा उपाधि जित्न आफ्नो खेलमा स्पष्ट नतिजा निकालेर मात्र संभव छैन् । बार्सिलोनाले ला लिगाको उपाधि जित्न रियल मड्रिडको नतिजामा भर पर्छ । शीर्षस्थानको रियलले आइतबार राति नै एथ्लेटिको क्लबले बिल्वाओमाथि १–० को कठिन जित निकालेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width