सोमबार थपिए १८० कोरोना संक्रमित, संक्रमणबाट ३४ को मृत्यु

एजेन्सी
असार २२, २०७७

काठमाण्डौ, २२ असार । सोमबार थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् । जसमा काठमाडौं जिल्लामा २४ र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यीसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा थप २ सय ६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८ सय ११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width