बागलुङमा थप ५ जनामा कोरोना

आदर्श समाज सम्वाददाता
असार २२, २०७७
Coronavirus_world_2

बागलुङ,२२ असार । बागलुङ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकाको १ जना २९ वर्षीया महिला, बडिगाड गाउँपालिकामा ३४ र ४० वर्षीय पुरुष, काठेखोला गाउँपालिकामा २७ र ३४ वर्षीय पुरुषमा गरी ५ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले बताए । योसँगै जिल्लामा संक्रमितको संख्या २०९ पुगेको छ । १०३ जना निको भएर घर फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width