पोखरा । जर्मन फुटबल महारथी बायर्न म्युनिख यस वर्ष पनि जर्मन कप च्याम्पियन बनेको छ ।
यो सँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको हो । शनिबार राति भएको खेलमा बायर लिभरकुसेनलाई ४–२ ले हराउँदै बार्यनले जर्मन कपको उपाधि जितेको हो । योसँगै बायर्नले १३ औं पटक एकै सिजनमा २ वटा घरेलु उपाधि उचाल्न सफल बन्यो ।
बर्लिनमा भएको खेलमा बायर्नको जितमा रोबेर्ट लेवान्डोस्कीले २ गोल गरे । लेबान्डोस्कीले यो सिजनमा कुल ५१ गोल गर्न सफल भएका छन् । खेलको १६ औं मिनेटमा अलाबाको गोलमा बायर्नले अग्रता लिएको थियो । लगत्तै, २४ औं मिनेटमा नार्बीको गोलमा बायर्नले अग्रताको अन्तर २–० बनायो । नार्बीलाई किमिचले पास मिलाइदिएका थिए ।
त्यसपछि, ५९ औं मिनेटमा लेवान्डोस्कीले तेस्रो गोल गरे । खेलको ६३ औं मिनेटमा बन्डेरको गोलमा लिभरकुसेनले १ गोल फर्कायो । त्यस्तै, ८९ औं मिनेटमा फेरि लेवान्डोस्कीले गोल गर्दै खेललाई ४–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयको पाँचौ मिनेटमा लिभरकुसेनले पेनाल्टीमा गोल गर्दै खेल ४–२ बायर्नलाई जर्मन कपको उपाधि सुम्प्यो । यो जितसँगै बायर्नले लगातार २६ खेलसम्म अपराजित रहने कीर्तिमान पनि बनायो ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
हिमालयनलाई वडाध्यक्ष कप
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१