१७ वर्षपछि पक्राउ परे फरार प्रतिवादी

विनिता सुनार विनिता सुनार
असार २१, २०७७

पाेखरा, २१ असार । जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार २ प्रतिवादीलाई आइतबार पकाउ गरेको छ।

बहुविवाह मुद्दामा फरार पोखरा–२०, विजयपुर बस्ने ४७ वर्षीय खड्काबहादुर गुरुङलाई प्रहरीले आइतबार पकाउ गरेको हो।

कास्की जिल्ला अदालतले उनीविरुद्ध २०६० चैत १९ मा गरेको फैसलाले १ वर्ष ११ महिना २१ दिन कैद र १० हजार  जरिवाना ठहर गरेको थियो । तर हालसम्म फरार उनलाई प्रहरीले आइतबार पोखरा १३, कमलपोखरीबाट पक्राउ गर्न सफल भएको हो।

यस्तै ,पोखरा –१०, अमरसिंह बस्ने ओमबहादुर सिग्देललाई रामबजार प्रहरी टोलीले पकाउ गरेको छ।

उनलाई २०७२ पुस ५ मा कास्की जिल्ला अदालतले वन पैदावार मुद्दामा ३ हजार १ सय १६ रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता प्रहरी नायक उपरीक्षक सुवाश हमालले जानकारी दिए।

उनका अनुसार पकाउ परेका दुवै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा पेश गरिएको छ।