पोखरा, २१ असार । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि विशेषगरी खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनोट हुने पहिलो हुन्।
संघीय मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठहर्याएकोमा आफूलाई खुसी लागेको भन्दै यो उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान हो भने।
काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम छ । उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाए । खेलकुद पत्रकारितामा क्रियाशील रहेर समग्र खेलकुदको विकासमा योगदान पुर्याएको कदरस्वरुप मन्त्रालयले हरेक वर्ष पत्रकारलाई सो पुरस्कार प्रदान गर्दैआएको छ।
साढे २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील उनी हाल पोखरा स्पोर्टस् डटकमका सम्पादक छन् । २०५९ सालमै पोखरामा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक सचिव उनी मञ्च गण्डकीका निवर्तमान अध्यक्ष समेत हुन्।
गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पोखरा भेन्यूको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । पर्वत स्थायी घर भएका पत्रकार पाठकसँग एक दर्जन बढी सञ्चारमाध्यममा काम गरेको अनुभव छ।
Related News
सम्बन्धित समाचार
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
पाेखरामा राष्ट्रिय फुटबल टोलीको अभ्यास सुरु
फुटबलको राष्ट्रिय टिम पोखरामा
गण्डकी प्रदेश प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो
क्यासल फुटसल कप हुने
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७