ओली र दाहालको वार्ता सहमति नजुटी टुंगियो

एजेन्सी
असार २१, २०७७
oli-prachanda-1

पोखरा, २१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको वार्ता सहमति नजुटी टुंगिएको छ।

करिब डेढ घण्टासम्म चलेको वार्तामा सहमति नजुटेपछि भोलि बस्ने गरी सकिएको हो। पार्टीभित्र विवाद चुलिँदै गएर फुटको संघारमा पुगेपछि दुई नेताहरु साक्षीसहित वार्तामा बसेका हुन्। वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट महासचिव बिष्णु पौडेल र शंकर पोखरेल थिए। दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन सहभागी थिए। भोलि बस्ने स्थायी कमिटी बैठकअघि यी नेताहरूबीच फेरि वार्ता बस्ने सहमति भएको छ।

उक्त वार्तापछि अध्यक्ष दाहाल बालुवाटारबाट बाहिरिएका थिए भने अन्य नेताहरु छलफलमै जुटेका थिए। वार्तामा सहभागी ओलीतर्फका पौडेल र पोखरेल तथा दाहाल तर्फका पुन र शर्माले सहमतिका बिन्दुहरु पहिल्याउने भएका छन्। उनीहरुले सहमतिका सम्भावनाको पहिचान गरेपछि पुनस् वार्ता हुने भएको छ। ओली–दाहालबीच वार्ताअघि अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए। प्रधानमन्त्रीले शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए।

उनले त्यसक्रममा पार्टी गम्भीर मोडमा पुगेको भन्दै मन्त्रीहरुलाई कित्ता क्लियर गर्न पनि आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँगको बैठकअघि राष्ट्रपतिलाई भेटेर फर्किएका थिए। पछिल्लो समय नेकपा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको शक्तिको टकरावका कारण पार्टी फुटको अवस्थामा पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width