ओली र प्रचण्डबीच हुने आजको छलफल सबैका लागि चासो बन्दै

एजेन्सी
असार २१, २०७७
oli-prachanda-1

काठमाण्डौ, २१ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार छलफल हुने भएको छ।

पछिल्लो समयमा पार्टीभित्र देखिएको विवाद समाधानको प्रयासका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हुन लागेको हो। उनीहरूबीच ११.१५ बजेदेखि छलफल हुने स्रोतले जानकारी दिएको छ।

यसअघि शनिबार हुने भनिएको छलफल आइतबारका लागि सरेको थियो। शनिबार बस्ने तय भएको स्थायी समिति बैठक सोमबार सम्मका लागि स्थगित छ । दुई अध्यक्षबीच टेलिफोन वार्ता भएपछि बैठक स्थगित भएको थियो।

शुक्रबार भएको भेटमा दुबै अध्यक्षले आफ्ना अडान राखेका थिए। अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमति छोडर गल्ती गरेको बताएका थिए भने प्रधानमन्त्री ओलीले जेठ २ गतेको सहमति गरेर गल्ती गरेको बताएका थिए।

शनिबार प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग छलफल गरेका थिए। उनले मन्त्रीहरूलाई आफ्नो कित्ता छुट्याउन समेत भनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी र आफूविरूद्ध षड्यन्त्र भइरहेको आरोप प्रधानमन्त्रीको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width