राइजिङ स्टार एकेडेमी स्कुलद्वारा मास्क वितरण

Avatar आदर्श समाज सम्वाददाता
असार २१, २०७७

पोखरा २१ असार । राइजिङ स्टार एकेडेमी स्कुल कुडहर पोखरा १३ ले एक कार्यक्रम गरी वडामा आर्थिक रुपमा कमजोर नागरिकलाई मास्क बितरण गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाले राइजिङ स्टार एकेडमी स्कुलले यस क्षेत्रका वासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै मास्क वितरण गरेको प्रतिच आभार प्रकट गरे ।

वडाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र सर्तकताका लागि झण्डै २ हजार थान मास्क वडा तथा टोल विकास संस्थालाई बितरण गरिएकोे बिद्यालयका निर्देशक तथा अध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।
कार्यक्रममा स्कुलका सल्लाहकार प्रकाश सिग्देल, शान्ति टोल बिकास संस्थाका अध्यक्ष दीपक सुवेदी,कार्यक्रम संचालक ठाकुर प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।