तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा कोरोना

Bijay Nepal विजय नेपाल
असार २१, २०७७

पोखरा, २१ असार । गण्डकी प्रदेशमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । गएको २४ घण्टामा प्रदेशको तनहुँ र बागलुङ जिल्लामा गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशका कुल संक्रमित संख्या १ हजार ९१ पुगेको छ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालकमा कोरोना देखिएको छ।

त्यस्तै शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा आइतबार बिहान जारी विज्ञप्तिमा उल्लेख छ।

उता, बागलुङको काठेखोला गाउँपालिकाका २४ वर्षीय पुरुषको नमुना रिपोर्ट पोजेटिभ आएको हो।

हाम्रो सुझाव