मुद्रण उद्योग महासंघ गण्डकीको सम्मान

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
20200705_101838

पोखरा २०, असार । नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश समितिले पोखरामा शनिबार कोरोना सचेतना, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न गर्‍यो।

कार्यक्रममा मिस कल्चर नेपाल–२०२० का विजेता प्रतीक्षा बास्तोलालाई सम्मान गरिएको थियो।

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उनलाई सम्मानपत्र प्रदान गरेका थिए।

प्रमुख अतिथि थापाले आफू उद्योग व्यवसायीको साथ सधैँ रहेको उल्लेख गर्दै समस्याहरु हटाउन पहल गर्दै आएको बताए।

अहिलेको अवस्थामा व्यवसायीहरुको हितमा सरकारले ठोस राहत दिन नसकेको चर्चा गर्दै बैंक व्याज ५ प्रतिशत घटाउनु पर्नेमा जोड दिए।

महासंघका केन्द्रीय सदस्य जीवन गोर्खालीले केन्द्रका गतिविधिबारे जानकारी दिँदै कोभिड–१९ बारे सचेतना पुस्तिका प्रकाशन लगायत कार्य गरेको बताए।

प्रदेश समिति सल्लाहकार कृष्णराज ढुङ्गानाले व्यवसायहरु सञ्चालनमा ल्याउन सबैको सहयोग आवश्यक रहेको बताए।

सम्मानित प्रतीक्षा बास्तोलाले गरिबीको चपेटामा परेका तथा अन्याय परेकाहरुलाई सेवा पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताइन्।

कार्यक्रममा संयोजक विष्णुबहादुर अधिकारी, सदस्य कोपिला श्रेष्ठ, मुद्रण संघ कास्कीका अध्यक्ष पदमलाल श्रेष्ठले मन्तव्य राखेका थिए।

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र बजिमयको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेका थिए।

महासचिव वसन्त बास्तोलाले कार्यक्रम सञ्चालन तथा सदस्य मनोहर दाहालले स्वागत मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

    • अपागंता भएका व्यक्तिलाई राहत

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । कास्की नेत्रहीन संघको समन्वय तथा विजनेस एन्ड प्रोफेसनल वुमेन क्लब पोखराको सहयोगमा कास्की जिल्लामा बसोबास गर्ने १ सय…
    • निगालोको चोया, जिउने सहारा

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन्…
    • कर्मफ्लाइट्सको स्वास्थ्य सामग्री सहयोग

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा  । कर्मफ्लाइट्स फाउन्डेसन पोखराले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङ तथा रुकुमका १२ स्वास्थ्य संस्थालाई १८ लाख ५० हजार मूल्य…
    • स्वतन्त्रको श्रद्धाञ्जली सभा

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले संघका राष्ट्रिय पार्षद् यज्ञप्रसाद बास्तोलाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।…
    • रक्तदान कार्यक्रममा २७ युनिट

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । विश्व रक्तदान दिवस अवसरमा रेडक्रस सोसाइटी पोखरा उपशाखा वडा २ र ३ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग